Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जंगलमा युवकको शरीर फेला, बिहीबार भेटिएको थियो टाउको

सर्लाही । सर्लाहीमा टाउको मात्र फेला परेका युवकको शव फेला परेको छ ।

बिहिबार बिहान पूर्व–पश्चिम राजमार्गस्थित लखन्देही पुलमुनि टाउको फेला परेको युवकको शनिबार लालबन्दी नगरपालिका १७ रानिगन्ज जंगलमा शरीर फेला परेको हो ।

रानिगन्जस्थित साहेबगन्ज क्रसरतर्फ जाने बाटो नजिक जंगलमा टाउको काटिएको शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान हरिवन नगरपालिका ४ मा भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिशेष राजको टाउको फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077