Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा दैनिक साढे ४ सय मेगावाट बिजुली निर्यात

    भारतमा दैनिक साढे ४ सय मेगावाट बिजुली निर्यात

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 393
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा मागभन्दा बढी बिजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यातका साथ बंगलादेशका अलावा चीनमा समेत बिजुली बेच्न अध्ययन थालेको छ ।

    नेपाली बजारका लागि १ हजार ७ सय मेगावाटदेखि २१ सय मेगावाटसम्म मात्र माग रहेकोमा अहिले हालसम्ममा कुल २ हजार ८ सय २२ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि प्राधिकरणले चीनमा समेत निर्यात गर्ने योजना अगाडि सारेको छ ।



    चीनमा बिजुली निर्यातका लागि प्राधिकरणले चीन जोड्ने रातमाटे–रसुवागडी–केरुङ ४०० केभी प्रसारण लाइनको अध्ययन सम्पन्न गरिसकेको छ । नेपालले पहिलोपटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल करिब ४ सय ५० मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।



    भारत निर्यातका लागि करिब ६ सय मेगावाट थप आयोजना भारतको विद्युत् मन्त्रालयमा सहमतिको प्रक्रियामा रहेको जनाएको छ ।

    यसैगरी, बंगलादेशमा विद्युत् निर्यातका लागि भारतको एनभीभीएन, बंगलादेशको बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड र प्राधिकरणबीच त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार