Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकार अधिनायकवादतर्फ उन्मुख भयो : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अधिनायकवादको बाटोमा गएको आरोप लगाएका छन् ।

सचेतक बर्तौलाले निर्माण व्यवसायीमाथि आज चरम दमन र गिरफ्तार गर्नु सरकारको अधिनायकवाद भएको बताएका हुन्।

सचेतक बर्तौलाले भने,‘सार्वजनिक निर्माण कार्य गरेबापत सरकारबाट पाउनुपर्ने अर्बौं रकमको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका निर्माण व्यवसायीमाथि आज चरमदमन र दर्जनौंलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद हो। सबैले विरोध गरौं।’

उनले सरकारको क्रियाकलापको सबैले विरोध गर्नुपर्ने बताए। उनले सार्वजनिक निर्माण कार्य गरेबापत सरकारबाट पाउनुपर्ने अर्बौं रकमको माग गर्नु स्वभाविक भएको उल्लेख गरे।

व्यवसायीहरूको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायीहरू साउन १४ गतेदेखि निरन्तर आन्दोलनमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077