Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस बैठकमा प्रस्ताव – भ्रष्टाचारका घटना छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाऔं

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुन तस्करी प्रकरणसहित भ्रष्टाचारका घटना छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने माग उठेको छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविनको माग गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठकमा पनि सोही कुरा उठेको हो ।

सांसद प्रदीप पौडेलले आफूले बैठकमा अहिलेसम्म भएका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय संयन्त्रको प्रस्ताव राखेको जानकारी दिए ।

सुन तस्करी प्रकरणसहित सबै प्रकारका भ्रष्टाचारका घटना छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठनको निर्णय कांग्रेसको जारी संसदीय दलको बैठकले गर्नु पर्ने पौडेलले माग गरे । दलको बैठकबाट भएको निर्णय सरकारले नमाने समर्थन नै फिर्ता लिनुपर्ने प्रस्ताव गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077