Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मलाई नेपाल फर्किने हिम्मत छैन भनेपछि भ्रमण छोट्याए : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए ।

स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेको बताए । अध्यक्ष नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए

। अध्यक्ष नेपालले भने,‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ । कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।’

सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको उनले बताए ।आफू कम बोल्ने र बोलिसकेपछि तह लगाएरै छाड्ने स्वभावको भएको अध्यक्ष नेपालको भनाइ छ।

ललिता निवास जग्गा प्रकरणमा अध्यक्ष नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो। त्यसको भोलिपल्ट अध्यक्ष नेपाल विदेश गएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077