Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको छ।

१७ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन् ।

यस्तै, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि नेपाली टोलिमा छन् ।

एसिया कपमा नेपालले भदौ १३ गते पाकिस्तान र १८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।

एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ। एक साता पाकिस्तानमा तयारीका दौरान नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ। नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077