Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धन बैठकमा महराबारे छलफल, गृहमन्त्रीको जवाफ – फोनका आधारमा दोषी करार गर्न सकिँदैन

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा पूर्वसभामुख कृष्णबहादुर महराबारे छलफल भएको छ ।

पूर्वसभामुख महराको नाम जोडिएको सुन तस्करी प्रकरणबारे बैठकमा छलफल भएको हो ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार नेताहरूले सुन तस्करीमा महरा र उनका छोरा राहुलको पनि नाम मुछिएकोबारे जिज्ञासा राखेका थिए ।

जवाफमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने बताए । बाँकी अनुसन्धान जारी रहेको बैठकमा गृहमन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077