Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रकाशमान सिंहले भने - कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले धेरै खर्च गरेर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका हुन् ।

नेता सिंहले भने,‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो । कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौं । धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन । बरु दुःख गरौं न ।’

नेता सिंहले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्दती र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए ।

त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरुलाई ठेगाउन लगाउनुपर्ने उनले बताए । पार्टीभित्र सुविधाभोगी गतिविधि अब रोक्नुपर्ने बताए ।

भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077