Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मानवअधिकार आयोगले भन्यो – नागरिकको अधिकारप्रति संवेदनशील हुनू

    मानवअधिकार आयोगले भन्यो – नागरिकको अधिकारप्रति संवेदनशील हुनू

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 489
    SHARES

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले फुटपाथ व्यवसायीको मानवअधिकार संरक्षण गर्न आग्रह गरेको छ ।

    फुटपाथ व्यावसायीलाई वैकल्पिक व्यवस्था गरी उनीहरूको अधिकारप्रति संवेदनशील हुुन काठमाडौं महानगरपालिकासहित सम्बद्ध निकायलाई आग्रह गरेको हो ।



    आयोगले अतिविपन्न र सहाराविहीन नागरिकको बसोबासको वैकल्पिक व्यवस्था गरी विस्थापित हुनबाट जोगाउन, सङ्क्रामक रोग एवं महामारी देखा पर्नसक्नेतर्फ सचेत रहन र श्रमजीवी फुटपाथ व्यावसायीको मानवअधिकार संरक्षणमा वैकल्पिक व्यवस्था गरी नागरिकको अधिकारप्रति संवेदनशील हुुन आग्रह गरेको हो ।



    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वास्थ्य, सुरक्षित बसोबास एवं स्वच्छ वातावरणको अधिकारको सम्मान गर्दै मानव बस्तीमा विकास निर्माण कार्य गर्दा ठोस योजना र कार्यक्रमसहित गर्न आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार