Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महासचिव पोखरेल भन्छन् - अहिले एमालेका लागि सत्ता प्रधान होइन

धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको प्राथमिकतामा सत्ता नरहेको बताएका छन् ।

धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका हुन् ।

महासचिव पोखरेलले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको बताए।

महासचिव पोखरेलले भने,'पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ।'

एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको उनको भनाइ छ । एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा अगाडि बढाउन खोजिएको उनले बताए। महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टीविरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको बताए।

बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक निर्माण गर्न सकिने निष्कर्षका साथ एमाले अघि बढिरहेको महासचिव पोखरेलको भनाइ छ । महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने निष्कर्षसहित बलियो शक्ति निर्माणमा लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077