Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रामेश्वरको कर्पोरेट टावर भत्काउन प्राधिकरणको निर्देशन

    रामेश्वरको कर्पोरेट टावर भत्काउन प्राधिकरणको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन रामेश्वर थापाको कर्पोरेट टावर भत्काउन निर्देशन दिएको छ । तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्क रहेको कर्पोरेट टावर भत्काउन प्राधिकरणका निर्देशक बाबुराम पौडेलले पत्र लेख्दै निर्देशन दिएका हुन् ।

    साथै कर्पोरेट टावर किन नभत्काउने भन्दै प्राधिकरणले महानगरलाई बोधार्थ दिँदै स्पष्टीकरण सोधेको छ । भवन निर्माण्अघि प्राधिकरण्को स्वीकृति लिनुपर्ने व्यवस्था पालना नभएको भन्दै स्पष्टीकरण सोधिएको हो । सो भवन वायुसेवा सञ्चालक संघका अध्यक्ष समेत रहेका क्याप्टेन रामेश्वर थापाको स्वामित्वमा रहेको बताइएको छ । प्राधिकरणले तीन दिनभित्र जवाफ दिन पनि निर्देशन दिएको छ ।



    प्राधिकरणले पत्रको बोधार्थ काठमाडौँ महानगरपालिकालाई समेत दिएको छ । ‘‘त्यहाँ नेटवर्कले भवन निर्माण गर्नुपूर्व यस प्राधिकरणबाट स्वीकृति लिएको नदेखिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ (घ) बमोजिम कारबाही किन नगर्ने ? तीन दिनभित्र यस प्राधिकरणमा पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ’ प्राधिकरणको पत्रमा उल्लेख छ । सो दफामा तोकिएको उचाइभन्दा बढीको भवन निर्माण गर्न प्रतिबन्ध लगाउने व्यवस्था छ ।



    निर्माण भएमा भवन वा भर पूरै वा केही भत्काउन लगाउन सक्ने व्यवस्था ऐनमा गरिएको छ । प्राधिकरणले यसअघि विमानस्थल नजिक रहेका ठूला व्यावसायिक भवनले उडान सुरक्षामा पारेको असर अध्ययन गर्न समिति गठन गरेको थियो ।

    यस्तै यसअघि क्याप्टेन थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग ठूलो आर्थिक चलखेल गरेर सिम्रिक हेलिकोप्टरका लागि हेलिपोर्ट निर्माण गर्न लागेका थिए । मन्त्री किरातीले समेत क्याप्टेन थापालाई हेलिपोर्ट निर्माण गर्नका लागि सैद्धान्तिक सहमति दिएका थिए । तर त्यो सहमति नेपाल नागरिक उड्डयन प्राधिकरणले खारेज गरिदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार