Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वसाधारणको २४ करोड ठगी गर्ने दम्पती कारागार चलान

झापा । झापामा सर्वसाधारणको साढे २४ करोड रकम ठगी गरी पक्राउ परेका झापा गौरादहका विश्वकर्मा दम्पती पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालतले मङ्गलवार गौरादह– १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरू दुबैजनालाई कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्मा दम्पतीलाई कडा सुरक्षाबिच कारागार पठाइएको थियो ।

गौरादहका चार सय ६६ जनाको २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएका व्यवसायी विश्वकर्मालाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077