Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महासचिव पोखरेलको अरोप - बामपन्थी आन्दोलनलाई प्रचण्ड र माधवले विगारे

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको बामपन्थी आन्दोलनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विगारेको आरोप लगाएका छन् ।

एमाले मुख्यालयमा ललितपुर जिल्लाबाट माओवादीमा आवद्ध कार्यकर्ताहरु एमाले प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले माओवादीबाट होस् अथवा एकीकृत समाजवादीबाट एमालेमा आउनेहरुको सन्दर्भमा होस हामी कसैलाई अपमान नगर्ने बताए ।

'नेपालको बामपन्थी आन्दोलन विगारेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हो, कार्यकर्ताले होइन। हामीले त्यो कुरा बुझेका छौँ । प्रचण्ड र माधव नेपालका कारण वामपन्थी आन्दोलनलाई ठूलो क्षति पुगेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077