Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

बर्दिया । बर्दियामा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् ।

घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077