Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ राष्ट्र बैंकको वार्षिक तथ्यांक (रिपोर्टसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांक सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ। सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको उल्लेख छ ।

रिपोर्टअनुसार अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो । यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ ।यसैगरी शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । यसैगरी कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । रिपोर्टअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077