Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसिया कपका लागि नेपाली टोलीलाई बुधबार पाकिस्तान पठाउने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीलाई आगामी बुधबार पाकिस्तान पठाउने तयारी थालेको छ ।

नेपाली टिमको भिजाको काम सकिइसकेकाले एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेट टिमलाई जतिसक्दो छिटो पाकिस्तान पठाउने तयारी थालिएको हो ।

नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेल अगष्ट ३० तारिखमा पाकिस्तानसँग खेल्दैछ । नेपालले समूहगत चरणमा पाकिस्तान र भारतसँग खेल्दै छ।

एसिया कपमा नेपाल पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताका लागि नेपालको १७ सदस्यीय राष्ट्रिय टोली घोषणा भइसकेको छ ।

पाकिस्तान, बंगलादेशले पनि टिम घोषणा गरिसकेका छन् । भारतले भने गर्न बाँकी छ । एसिया कपमा भारतले आफ्ना खेल श्रीलंकामा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077