Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता हो : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताएकी छिन् ।

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य समेत रहकी शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । उनले सरकार सामान्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममै रहेको बताइन् ।

‘‘हामीले हिजो सामन्तवादको समूल अन्त्यका लागि दश वर्षे जनयुद्ध गरेका थियौं । जनयुद्धका कारण नेपालमा सारभूतरुपमा सामन्तवादको अन्त्य भयो तर अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन्। तीमध्ये मिटरब्याज पनि एउटा थियो, जो हामीले अहिले परास्त गरेका छौं। जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटरब्याजीको जालो तोड्नुलाई वर्तमान सरकारको ठूलो सफलता हो,’’ उनले भनिन् ।

सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध निर्मम बनेको मन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077