Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले सचेतक बर्तौला भन्छन् - संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हो

बुटवल । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको भएको बताएका छन् ।

बुटवलमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

उनले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए ।

साथै उनले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको जिकिर गरे । संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077