Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले सचेतक बर्तौलाले भने - कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि आफ्नो हैसियत बिर्सियो

बुटवल । नेकपा एमालेका सचेतक महेश बर्तौलाले कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि आफ्नो हैसियत बिर्सिएको बताएका छन् ।  शनिबार प्रेस चौतारी नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

सचेतक बर्तौलाले कांग्रेस माओवादीको इशारामा चलेको आरोप लगाए । उनले कांग्रेसले आफ्नो हैसियत बिर्सिएर माओवादीको इशारामा चल्नु दुर्भाग्य रहेको बताए।

सचेतक बर्तौलाले भने,‘माउतेले डोराएको हात्तीजसरी कांग्रेस सरकारको इशारामा लुरुलुरु हिँडिरहेको छ।’

सुन प्रकरणको छानबिनका लागि आफ्नै दलका सांसदहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेपनि नेतृत्व माओवादीको इशारामा चलेका कारण उक्त विषय ओझेलमा परेको बर्तौलाको भनाइ छ।

माओवादीकै इशारामा चल्दा कांग्रेसले ठूलो दलको भूमिका निर्वाह गर्न नसकेको उनले बताए। भुटानी शरणार्थी प्रकरण देखाएर कांग्रेसलाई, गौर हत्याकाण्ड देखाएर जसपालाई र ललिता निवास प्रकरण देखाएर माधव नेपाल र बाबुराम भट्टराईलाई माओवादीले तर्साइरहेको उनको भनाइ छ।

उनले सरकार सुशासन कायम गर्छु भन्दै तस्करहरूको संरक्षणमा लागेको आरोप लगाए। सुन तस्करीमा माओवादीकै नेताहरूको संलग्नता देखिएको तर सरकार पूर्वाग्रही भएर कसैलाई फसाउन र कसैलाई उन्मुक्ति दिन लागि परेको बर्तौलाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077