Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस कमजोर भयो भने यो सिस्टम नै कमजोर हुन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र बलिया हुनका लागि कांग्रेस मजबुत हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्रनम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताए।

नेता सिंहले भने,‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु त छन् । तिनीहरुले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन् । कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ ? भन्ने कुरामा प्रश्न शुरु हुन्छ । त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ ।’

२०४६ को परिवर्तन आएकोमा खुशी नभएकाहरु अहिले पनि समाजमा विद्यमान रहेको उनको भनाइ छ ।

उनले नेपाली कांग्रेसलाई विधि अनुसार चलाउनुपर्ने भन्दै संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077