Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले सचेतक बर्तौलाले भने - संसद् अवरोधको कारक नै सरकार हो

बुटवल ।नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद् अवरोधको कारक नै सरकार भएको आरोप लगाएका छन् ।

बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । सचेतक बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताए।

सचेतक बर्तौलाले संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताए। सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाए।

प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्यमान्यता विपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ छ।

उनले नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने आवाज संसदमा उठाउँदै आएकोमा सरकारले त्यसमा कुनै चासो नदिनु कहीँ न कहीँ संलग्नता भएको शंका उत्पन्न भएको बताए। उनले सरकार जति लम्बिन्छ त्यति नै राष्ट्रलाई ठूलो घातक हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077