Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम क्रिकेट संघको अध्यक्षमा बासुदेव

धनगढी । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा वासुदेव जोशी चयन भएका छन् ।

शनिबार धनगढीमा सम्पन्न संघको दोस्रो साधारण सभाबाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्यमा रहेका थिए ।

जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा रमेशबहादुर बोहरा (बैतडी), सचिव लक्ष्मणदत्त भट्ट (कञ्चनपुर), कोषाध्यक्ष दिनेश सिंह (डोटी), सदस्यहरुमा हरि रेग्मी (कैलाली), शेर सिंह खत्री (बैतडी), तेज कार्की (दार्चुला), अनिल कुँवर (अछाम), माया रावत साउद (कञ्चनपुर), रमेशबहादुर चन्द (डोटी), जोगबहादुर दौल्याय (बझाङ),बाबुराजा श्रेष्ठ (कैलाली) र आशिष कुमार खत्री (कञ्चनपुर) निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077