Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रकाशमान सिंह भन्छन् - कांग्रेसले कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले पछिल्लो समय परिवर्तन नरुचाएका तत्वहरू सलबलाउन थालेकाले कांग्रेस कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

“कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्छ, प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने । कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077