Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रकाशमान सिंह भन्छन् – कांग्रेसले कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुपर्छ

    प्रकाशमान सिंह भन्छन् – कांग्रेसले कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 426
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

    कांग्रेस काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले पछिल्लो समय परिवर्तन नरुचाएका तत्वहरू सलबलाउन थालेकाले कांग्रेस कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।



    “कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्छ, प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने । कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार