Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राजनीतिलाई सामाजिकीकरण गर्ने काम प्रदीप गिरिले गरे : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारतका समाजवादीहरूसमेत प्रदीप गिरिलाई राजनीतिक गुरू मान्ने गरेको बताएका छन् ।

गिरिको स्मृतिमा शनिबार पशुपति क्षेत्रमा भएको लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म यात्रा शुभारम्भ गर्दै निधिले यस्तो बताएका हुन् ।

नेता निधिले स्वतन्त्रताप्रेमी गिरि समानताका पक्षपाती भएको बताए। राजनीतिलाई सामाजिकीकरण गर्ने काम गिरिले गरेको उनको भनाई छ ।

नेता निधिले भने,‘राजनीतिलाई सामाजिकीकरण गर्ने काम उहाँले नै गर्नुभएको हो। भारतका समाजवादीहरुले समेत उहाँलाई राजनीतिक गुरु मान्ने गर्छन्।’

साथै निधिले शहीद स्मृति प्रतिष्ठानले प्रकाशित गरेको प्रदीप गिरि स्मृति ग्रन्थको लोकापर्ण गरेका थिए।

निधिले पशुपतिबाट हेटौंडा, वीरगञ्ज हुँदै काशी प्रस्थान गरेको टोलीलाई गिरिको अस्तु हस्तान्तरण समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077