Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छौं, सरकारले चालेका कामलाई निरन्तरता दिनुपर्छ : माधव नेपाल

    सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छौं, सरकारले चालेका कामलाई निरन्तरता दिनुपर्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 576
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी भ्रष्टाचारको विरुद्धमा रहेको बताएका छन् ।

    आइतबार बसेको पोलिटब्युरो बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले चालेको कामलाई निरन्तरता दिनुपर्ने बताए ।



    नेपालको भनाइ उद्धृत गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले भने,’नेकपा (एकीकृत समाजवादी) समयको माग हो । यसको महत्त्व दिनदिनै बढिरहेको छ । यो नै कम्युनिस्ट विचारधाराभित्रको उत्तम विकल्प हो । पार्टी सधैँ राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न जनजीविकाका लागि संघर्ष गर्न समाजवादको धेय पूरा गर्न र जनतालाई सुशासन प्रदान गर्न लागि नै रहने छ ।’



    सबै चुनौती सामना गरे कम्युनिस्ट आन्दोलनको रक्षा गर्न प्रतिवद्ध रहेको उनको भनाई छ । आज पहिलो दिन २६ जनाले धारणा राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार