Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ : अग्निप्रसाद सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताएका छन् ।

आइतबार ‘जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान’ विषयमा कीर्तिपुर नगरपालिकाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विकास, समृद्ध, सुशासन, सामाजिक न्यायको लागि अगाडि बढिरहेको अवस्थामा कृषिको यान्त्रिकिकरण, आधुनिकीकरण, औद्योगिकिकरण र बजारिकरणलाई बढावा दिन आवश्यकतामा जोड दिए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष समेत रहेका पूर्वसभामुख सापकोटाले सरकारले एकपछि अर्को राम्रा कामहरुको थालनी गरेकाले जनता उत्साहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077