Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • यस्तो छ माधव नेपालले सार्वजनिक गरेको ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

    यस्तो छ माधव नेपालले सार्वजनिक गरेको ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 792
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।

    आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।



    केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्ने जमर्को गरेका छन् ।



    यस्तै अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थितिबारे संक्षिप्त टिप्पणी गर्दै प्रतिवेदनमा नेपाली समाजको विशिष्ट अवस्थाबारे पनि चर्चा गरिएको छ ।

    बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता शक्तिको आलोचना गर्दै गठबन्धन जोगाउनुपर्नेमा जोड दिएका छन् ।

    अध्यक्ष नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पश्चिमा शक्तिहरूले नेपाललाई चीनविरुद्ध खडा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यस्तै राजनीतिक प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवादको औचित्य अझै रहेको भन्दै पार्टीले सो विचार छाड्न नसक्ने जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार