Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

तत्काल कम्युनिष्ट पार्टीहरुबीच एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल सत्ता गठबन्धन नबदलिने बताएका छन् ।

पार्टीको जारी छैटौँ केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले वर्तमान गठबन्धन दीर्घकालीन नभए पनि तत्कालीन राजनीतिक कार्यगत एकता भएको बताए ।

अध्यक्ष नेपालले भने,‘यो गठबन्धन दीर्घकालीन होइन तात्कालिक राजनीतिक एकतामात्र हो । त्यसैले तत्कालीन राजनीतिक परिस्थिति बदलियो भने यस्तो गठबन्धन पनि बदलिन सक्छ । तर अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिन र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन ।’

उनले आफ्नो पार्टी कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा रहे पनि तत्काल वाम एकता वा पार्टी एकताको सम्भावना नरहेको प्रस्ट्याए । अध्यक्ष नेपालले अहिले तत्काल कम्युनिस्ट पार्टीहरुबीचको एकता वा वाम एकता सम्भव नभएको समेत बताए ।

अध्यक्ष नेपालले पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयहरूमा एकरूपता हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077