Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालले भने -पार्टी पङ्क्तिमा निराशा र पलायन देखियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी पंक्तिमा आलस्यता, निराशा र निष्कृयता देखिएको बताएका छन् ।

मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्कृयता, पलायनता जस्ता कमजोरी देखिएको स्वीकार गरे ।

अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन । पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायन जस्ता कमजोरी देखिएका छन् ।’

उनले पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने काम भइरहेको बताए । यस्ता गलत कार्यलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन नसकिने उनले बताए।

पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने तर वहन नगर्ने प्रवृत्ति बढेको पनि उनले औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077