Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसले किन गर्‍यो ‘समुदायमा कांग्रेस’ अभियान स्थगित ?

    कांग्रेसले किन गर्‍यो ‘समुदायमा कांग्रेस’ अभियान स्थगित ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 651
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

    मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले हालै सम्पन्न केन्द्रिय कार्य समितिले भाद्र १० देखि २४ गतेसम्मका लागि तय गरेको सो कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताएको हो ।



    अविरल वर्षा, बाढी, पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रुपमा प्रभावित भएकाले उनीहरुको सेवामा जुट्न पार्टी संगठनहरुलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि सो कार्यक्रम स्थगन गर्ने निष्कर्षमा पुगिएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए ।



    नेपाली कांग्रेसले श्रावण २० गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएका पार्टीको विशेष आन्तरिक अभियान पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यस अभियानमा संलग्न पार्टी नेता र कार्यकर्तालाई आभार व्यक्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार