Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देउवाद्वारा अनुशासन समिति चारजना र निर्वाचन समिति संयोजकमा खाती मनोनीत

    देउवाद्वारा अनुशासन समिति चारजना र निर्वाचन समिति संयोजकमा खाती मनोनीत

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 747
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा पाँचजना मनोनीत भएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका समिति सदस्यमा ४ जना र निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खातीलाई मनोनीत गरेका हुन् ।



    देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित समितिको सदस्यमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै कांग्रेसको अनुशासन समितिले पूर्णता पाएको छ ।



    त्यसैगरी, कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम निर्वाचन समितिको रिक्त संयोजक पदमा निवर्तमान महान्यायाधिवक्तासमेत रहेका खातीलाई मनोनयन गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार