Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धितोपत्र निष्कासन नियमावली संशोधन गर्न सरकारले दियो स्वीकृति

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ अनुसार सो नियमावली संशोधन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी यान ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृति गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यी दुवै निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077