Online Nepal
  • शनिबार, १० साउन २०८२
  • पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 867
    SHARES

    काठमाडौं । पृथ्वी राजमार्गको दमौली-खैरेनीटार सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

    तनहुँको म्याग्दे गाउँपालिका ६को मौरीबजारमा पहिरो खसेको हो ।



    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार बिहान ८:३० बजे पहिरो खसेको थियो ।

    बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार