Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कांग्रेस नेता सिंहले भने – अब आर्थिक क्रान्तिको बेला आयो

    कांग्रेस नेता सिंहले भने – अब आर्थिक क्रान्तिको बेला आयो

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 600
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र अन्यायमा परेका सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने बताएका छन् ।

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताए।



    नेता सिंहले भने, ‘२०४६ साल पछिको विकास र प्रगतिलाई ख्याल नठान्नुस् । जुन पार्टीको इतिहास नै छैन, उसले के कुरा गर्छ ?’



    उनले अब आर्थिक क्रान्तिको बेला भएकाले पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने बताए ।

    राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए ।

    हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको उनको दाबी थियो । कांग्रेसले इतिहास बनाउन सकेकाले इतिहासका कुरा गर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार