Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

स्कुल बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

महोत्तरी । महोत्तरीमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्युपछि स्थानीय आन्दोलित बनेका छन् ।

जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा चालक जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको थियो ।

बसको ठक्करबाट घाइते भएका यादवको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ठक्कर दिएर यूवक यादवको ज्यान लिएको विरोधमा स्थानीय सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले जनकपुर-जलेश्वर सडक अबरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077