Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गौरालाई राष्ट्रिय पर्वको रूपमा मनाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

    गौरालाई राष्ट्रिय पर्वको रूपमा मनाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 897
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा गरेका छन् ।

    टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफू सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव छैन भन्ने विषयमा प्रस्ट रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्नेमा हामी प्रस्ट छौं । म गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्छु । बिदा दिने पनि घोषणा गर्छु ।’

    प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको पहिचान, अधिकार र समृद्धिको लागि आफूले प्राथमिकता दिएको बताए ।उनले सुदूरपश्चिमको शिक्षा क्षेत्रलाई अघि बढाउने आफूले विगतदेखि नै पहल गर्दै आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार