Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं । तीन खेलको एकदिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ ।

श्रीलंकाको हम्बानटोटामा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको हो । यो पाकिस्तानको दोस्रो जित हो ।

जितसँगै पाकिस्तानले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ३०० रन बनाएको थियो।

३ सय १ रनको लक्ष्य पाएको पाकिस्तानले एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077