Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष लालचन जुवा खालबाट पक्राउ

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई प्रहरीले जुवा खेल्दै गर्दा पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट प्रहरीले बिहीबार साँझ लालचनसहित सात जनालाई पक्राउ गरेको हो ।

पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी रहेको छ । अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पनि पक्राउ परेका वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077