Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाँच केजी चाँदी बोकेर नेपाल आउँदै गरेका भारतीय नागरिक सीमाबाट पक्राउ

    पाँच केजी चाँदी बोकेर नेपाल आउँदै गरेका भारतीय नागरिक सीमाबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 2.3K
    SHARES

    सिरहा । सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका ४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतीय नागरिक प्रक्राउ परेका हुन् ।



    भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा ३ का ५२ वर्षिय विश्वनाथ साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    विषेश सूचनाको आधारमा प्रहरीले चेकजाचँ गर्ने क्रममा कपडाको धोक्रोमाहाली नाइटोभन्दा मुनी कमरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका प्रहरी कार्यालय लहान पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार