Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पहिरोले पृथ्वीराजमार्ग दुईतर्फी नै अवरुद्ध

चितवन । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।

पहिरोका कारण काठमाडौं जाने सवारीसाधनहरू मुग्लिन र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधनहरू कुरिनटारमै रोकिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077