Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौं । कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

पानीको बहाव बढेपछि गएराति नै ५६ वटै ढोका खोलिएको हो ।

ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान पानीको बहाव प्रतिसेकेणड ३ लाख ८३ हजार ८०५ क्यूसेक मापन भएको छ ।

यद्यपि अब पानीको बहाव पनि घट्दै गएको र खतराको संकेत टर्दै गएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077