Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नवलपरासीका युवकको हत्या आरोपमा चितवन र सिरहाका दुईजना पक्राउ

    नवलपरासीका युवकको हत्या आरोपमा चितवन र सिरहाका दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 2.3K
    SHARES

    धादिङ । नवलपरासीका एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चितवन र सिरहाका दुई युवकलाई पक्राउ गरेको छ ।

    देवचुली नगरपालिका-३ स्थायी घर भई चितवको भरतपुर नगरपालिका-३ बाह्रघरेमा डेरा गरी बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले चितवन र सिराहाका दुई युवकलाई पक्राउ परेको हो ।



    उनका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।



    पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका(४ का २५ वर्षीय विनय गौतम र सिराहाको धनगढीमाई नगरपालिका(१ का २१ वर्षीय योगेन्द्र साह रहेका प्रहरीले जनाएको छ।

    केही दिनअघि रचन धादिङको ताल्ती जंगलमा मृत फेला परेका थिए । उनीहरुविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी धादिङ प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार