Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुनकाण्डको छानबिनमा हामीलाई बाइपास गरियो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुनकाण्डको छानबिनमा आफुहरुलाई बाइपास गरिएको आरोप लगाएका छन् ।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले सुनकाण्डको छानबिनमा राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भनेर एसलाई बाइपास गरिएको भन्दै असन्तुष्ट व्यक्त गरे।

अध्यक्ष नेपालले भने,‘नामै सुन्न नचाहने अहिलेसम्म पनि, यो पार्टीको मतलबै नराख्ने। हुँदाहुँदा हिजो अस्ति संसदमा, अरु सबै पार्टी हुन्छ तर एकीकृत समाजवादी हुँदैन। हामीलाई उपस्थित हुन दिएनन्। र त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै पार्टी बसे, तर राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने आधार टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्।’

उनले जनतालाई अवसर दिएपनि नेकपाले उपयोग गर्न नसकेको गुनासो गरे। नेकपा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचन लड्दा जनताले झण्डै दुई तिहाई बहुमत दिएपनि नेकपा विघटन भएको बताए।

नेपालले चुनावको बेला एकीकृत समाजवादीलाई गाह्रो भएकाले गठबन्धनमा गएको बताए। उनले पुरानो नेकपा ब्युउत्याउन पटक पटक प्रचण्डलाई ओलीसमक्ष पठाएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077