Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ओलीले सर्वदलीय बैठकमा पनि हाम्रो पार्टीलाई निषेध गरे : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको आरोप लगाएका छन्।

शनिबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले संसद खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरुको बैठकमा ओलीकै कारण आफ्नो पार्टी सहभागी हुन नपाएको बताए ।

अध्यक्ष नेपालले भने,‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदा हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्।’

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले गरेको संसद अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले अघिल्लो हप्ता राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको बैठक बोलाएका थिए ।

राष्ट्रिय मान्यता पाउने दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र भएकाले एकीकृत समाजवादी पार्टीलाई उक्त बैठकमा बोलाइएको थिएन ।

नेता नेपालले एमाले अध्यक्ष ओलीले आफूलाई विगतमा राष्ट्रपति राष्ट्रपति बन्न प्रस्ताव गरेको भनिए पनि त्यो गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077