Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमसीसी परियोजना लागू भए आन्दोलन गर्छौँं : सिपी गजुरेल

    एमसीसी परियोजना लागू भए आन्दोलन गर्छौँं : सिपी गजुरेल

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका छन् ।

    काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।



    नेता गजुरेलले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।



    नेता गजुरेलले भने,‘अब यो लागूृ गर्ने चरणमा गएको छ । सम्झौता खारेज गर्न त हामीले प्रयास ग¥यौ, सकेनौं । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरुले गर्न खोजेको के हो भने अब लागू गर्ने चरणमा छन् । यो हामी हुन दिन्नौं।’

    नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे ।

    उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार