Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्ता गठबन्धनले पटक-पटक संविधान उल्लंघन गर्र्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको नाममा गलत कामको शिकार हुन नहुने बताएका छन्।

शनिबार पार्टी स्थापनाको दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले भने,‘कोशीमा मात्रै दुईचोटि संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ। हाम्रो पार्टीले यस्तो सवालमा कस्तो धारणा राख्ने हो? हाम्रो पार्टी स्पष्ट हुनुपर्छ। हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामहरूको शिकार हुनुहुँदैन।’

नेता खनालले आफूहरुले संविधानको रक्षा गर्ने भनेको र संविधानकै रक्षा गर्न गठबन्धन भएता पनि गठबन्धनले नै एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्चले फैसला दिइरहेको बताए। उनले पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम राखेर अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077