Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

वाम एकताका लागि प्रमुख बाधक भनेकै ओली हुन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताका लागि केपी ओली नै मुख्य बाधक रहेको आरोप लगाएका छन्।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकताका लागि पहल गरे पनि एमाले अध्यक्ष ओली बाधक बनेको आरोप लगाए।

उनले तत्कालीन नेकपा विघटन भएपछि पनि आफूले नेकपालाई पुनः व्युताउने प्रयास गरे पनि सफल हुन नसकेको बताए।

त्यस्तै अध्यक्ष नेपालले केपी ओलीकै कारण आफूहरूलाई सुन तस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय छलफलमा निषेध गरेको जिकिर गरे।

राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै पार्टीलाई हेप्ने काम भएको भन्दै अध्यक्ष नेपालले अब पार्टीले केही कदम चाल्ने संकेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077