Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संघीयता बचाउन केन्द्रीय सरकार प्रतिबद्ध छैन्, शान्तिपूर्ण लडाई लड्नु पर्छ : विमलेन्द्र निधि

धनुषा । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सङ्घीयता बचाउन र सङ्घीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।

जनकपुरधामको श्री महावीर युवा कमिटीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले यस्तो टिप्पणी गरेका हुन् ।

उनले शान्तिपूर्ण संवैधानिक लडाई लड्नुपर्ने आवश्यकता रहेको बताए ।

एक समय मधेश माने कांग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहौल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको नेता निधिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077