Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता गर्न माग बालुवाटारमा नेविसंघको प्रदर्शन

    इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता गर्न माग बालुवाटारमा नेविसंघको प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 993
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले बालुवाटारमा प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै आज बिहान नेविसंघका विद्यार्थी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन् ।

    तर प्रधानमन्त्रीको निवास घेराउ गर्ने भन्दै सडकमा उत्रिएका नेविसंघसम्बद्ध विद्यार्थीहरुलाई प्रहरीले रोकेको थियो । पोष्टर र प्लेकार्डसहित नाराबाजी गर्दै उनीहरूले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो । उनीहरु सात बुँदै माग राख्दै आन्दोलित भएका छन् ।



    त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। आईओईले इन्जिनियरिङ अध्ययनको शुल्क ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन लागेको भन्दै विद्यार्थीले विरोध गरेका छन् ।



    संस्थानले एकै पटक अस्वाभाविक रुपमा शुल्कवृद्धि गर्दा अब इन्जिनियरिङ शिक्षा गरिब तथा जेहन्दार विद्यार्थीका लागि आकाशको फल बनेको नेविसंघको ठहर छ । संस्थानमा गरिएको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईं ६ दिनदेखि आमरण अनशनमा बसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार